Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य


377
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज प्याज, फर्सी, गाँजर,भन्टासहितका केही तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य थोरै घट्दा कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। केही तरकारी भने महँगिएका छन्।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३६, रातो आलु ५०, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर ११४, स्थानीय काउली ५८, लोकल बन्दा ४३, लाम्चो भन्टा २३, डल्ले भन्टा ३१, तने बोडी ११० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ५६, लौका ५५, लोकल परबल ७०, घिरौँला ६८, झिँगुनी ८०, डल्ले फर्सी ३६, पाकेको फर्सी ६५, भिन्डी ७५, कन्य च्याउ १६०, डल्ले च्याउ ३३४, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, भारतीय ठूलो गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४१, रातो आलु ५१, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर १२५, स्थानीय काउली ६०, लोकल बन्दा ४४, लाम्चो भन्टा २४, डल्ले भन्टा ३९, तने बोडी १११ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ५६, लौका ५३, लोकल परबल ७५, घिरौँला ७५, झिँगुनी ८५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७५, भिन्डी ७५, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।