Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बुटवलकाे दाउन्ने सडक-खण्डमामा दशैंभरी ठूला सवारी साधन सञ्चालन रोक


325
Shares

काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैंभरी ठूला सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छन् ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको छलफलपछि सोही सडकखण्डमा दशैंभरी यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएका कारण ठूला सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक मन्त्री कुलमान घिसिङको सचिवालयले खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय भएको बताएकाे हाे ।

गत असारमा पनि साेह सडकखण्डमा वर्षापछि भएको हिलोका कारण २ दिनसम्म सवारी आवत-जावतमा समस्या भएको थियो ।