Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


कांग्रेसद्वारा जेनजी आन्दोलनका मृतकप्रति दीप प्रज्वलन


1.5k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले जेनजीकाे आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ ।

रत्नपार्कस्थित शान्ति बाटिकामा शनिबार साँझ भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलतन कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी हुनुभएकाे छ। गत भदौ २३ र २४ गते देशैभरी भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ ।

साेही आन्दोलनमा परी घाइते भएका सयौं मानिसहरु उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।

सरकारले मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ । जेनजीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको हाे । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्याण्डेट रहेकाे छ