Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


नेपाली वायुसेवा कम्पनीले पाँच वर्षभित्र नेपाली पाइलटमात्र राख्नुपर्ने


0
Shares

काठमाडौं, असोज ५ । सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो ।

‘वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको पाँच वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली नागरिक तयार गर्नुपर्नेछ,’ नीतिगत निर्णयमा भनिएको छ, ‘नयाँ थपिने वायुसेवा कम्पनीले पनि थपिएको पाँच वर्षभित्रमा जनशक्ति उत्पादन गरिसक्नु पर्नेछ ।’ –नागरिक दैनिकबाट