Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सर्लाहीमा मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु


78
Shares

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ संग्रामपुरमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीय पैदलयात्री गजेन्द्र सिंहको मृत्यु भएको छ।

बिहीबार साँझ बिआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा राति पौने ८ बजे निधन भएको हो।

मोटरसाइकल चालक पर्सा गाउँपालिका–५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।