Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


गुडिरहेका बसमा खसेको ढुंगा लाग्दा यात्रुको मृत्यु


858
Shares

काठमाडौं ।
नारायगढ–मुग्लिन सडकखण्डमा बसमा ढुंगा खसेर लाग्दा एक यात्रुको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुंगा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन् ।

घाइते कामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।