Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा


390
Shares

काठमाडौं ।
मनसुनका कारण रातिको समयमा बन्द गरिएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको अन्त्य र चाडपर्व लक्षित गर्दै यस्तो निर्णय गरेको हो।

गत असार ७ गतेदेखि जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। धुलिखेलदेखि नेपाल थोकसम्मको क्षेत्रमा पहिरोको सम्भावना रहेकाले यस्तो निर्णय गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अब स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार राजमार्ग सञ्चालन हुनेछ। राजमार्गमा अझै केही स्थान जोखिमयुक्त रहे पनि सावधानी अपनाएर सवारी सञ्चालन गरिनेछ।

Skip This