Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


झुम्का कारागारबाट भागेकामध्ये ७सय५ जना कैदीबन्दी पक्राउ


364
Shares

सुनसरी । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेका सोमबार साँझसम्ममा ७ सय ५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए । कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो पारिएकाे थियाे ।

उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५सय ७२ जना कैदीबन्दी भागेका थिए ।कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Skip This