
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा सुनको आइतबार मूल्य ७ सय रुपैयाँ घटेको जनाएको हो । आइतबार सुन प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँका कारोबार भएको छ । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, चाँदीको मूल्य भने आइतबार ५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५ सय ६५ रुपैयाँका कारोबार भएको थियो। चाँदीको मूल्य आइतबार २ हजार ५ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो।
प्रतिक्रिया दिनुहोस्