Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पूर्वप्रधानमन्त्री ओलीविरूद्ध प्रशासनमा उजुरी


9.1k
Shares

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीविरुद्ध अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।

जाहेरवाला अभिषेक प्रताप शाह पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद हुन् । जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको दाबी गरिएको छ।

ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्न माग गरिएको छ।

जाहेरीमा मृतकहरूको नाम पनि समावेश गरिएको छ । मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको हो ।

Skip This