Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


‘लोकतन्त्र मजबुत् गर्न दलहरुबीच सहकार्य आवश्यक’


0
Shares

काठमाडौं, असोज ४ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले वसन्तपुर क्षेत्रमा तीनदिने लोकतन्त्र मेला आयोजना गरेको छ ।

हनुमानढोका, नासलचोकमा आयोजित लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संयुक्तरुपमा उद्घाटन गरे ।

सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले जनचाहनाअनुसार संविधान संशोधन गर्दै व्यवहारिकरुपमा कार्यान्वयन गरिने बताए ।

यस्तै, सभामुख महराले लोकतान्त्रिक अभ्यास, संस्थागत विकास र लोकतन्त्र मजबुत् गर्न दलहरुबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘संविधानप्रति विमति रहेकाहरुलाई पनि चुनावमा सहभागी गराउन सक्नु दलहरुको सफलता हो’–भने ।

प्रदेश नम्बर–२ का भौतिक योजनामन्त्री जितेन्द्र सोनल र संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले संविधान त्रृटिपूर्ण रहेको भन्दै असन्तुष्ट समूहहरुको मागअनुसार संशोधन हुनुपर्ने बताए ।

नेपाली सांसदहरुलाई डेनमार्कको भ्रमण गराइ लोकतान्त्रिक मेलामा सहभागी गराइएको र त्यसैबाट प्रभावित भएर यो मेला आयोजना गरेको जनाइएको छ ।

मेलामा डेनमार्क, बेलायत, केन्या, भारत र पाकिस्तानका सांसदहरुको सहभागिता रहेको छ ।