Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


पछिल्लो घटनाक्रम र भ्रष्टाचारको वि रूद्धमा छानबिन आयोग बनाउने पक्षमै छौं: सचिव भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी युवाकाे प्रदर्शनका क्रममा भएकाे क्षति र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताउनुभएकाे छ।

सचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पार्नुभएकाे हाे। यहि भदौ २३ र २४ गते जेनजी युवाकाे प्रदर्शनका क्रममा घटेका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा आफूहरु रहेकाे उहाँकाे भनाइ छ ।

तर संवैधानिक बाटो मार्फत नै मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएको सचिव भट्टराईले उल्लेख गर्नुभयाे ।