Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


शुक्रबार सुनको मूल्य बढ्यो, तोलाकाे २ लाख १५ हजार नाघ्याे


0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।