
कल्याणपुर ।
कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीमध्ये शुक्रबार बिहानसम्म ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कारागारमा रहेको ३९७ जना कैदीमध्ये २०५ जना फरार भएकोमा जिल्लाको विभिन्न स्थानबाट ५७ जना फरार कैदीहरुलाई पक्राउ गरिएको हो । त्यसमा पाँच जना झुम्का कारागारबाट फरार कैदी पनि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।
राजविराज नगरपालिका– ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १५३ कैदीको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताउनुभयो ।
उहाँले भारतको बिहार राज्यसँग जोडिएको कुनौली तथा सखडा बोर्डर आसपास र छिमेकी जिल्लाहरुमा फरार कैदीको खोजी कार्यलाई तीव्र बनाइएको बताउनुभयो । कैदीहरुले बुधबार कारागार भित्र आगो लगाएर मुल गेट फोडी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्