Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू भदाै २८ गतेसम्म कायमै (विज्ञप्तिसहित)


0
Shares

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको जनाएकाे छ ।

सेनाले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कर्फ्यूआदेशलाई कायमै राखेको जानकारी गराएकाे हाे । अद्यावधिक जानकारी अनुसार शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा कायमै रहने भएकाे छ ।

त्यस्तै, शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश कायमै रहने जारी विज्ञप्तिमा भनिएकाे हाे ।