Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल स्थगित


0
Shares

काठमाडाैं । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेलहरु स्थगित भएका छन् ।

प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली मधेश युनाइटेडकी मार्की खेलाडी निरुता ठगुन्नाले लिगका बाँकी खेल स्थगित भएको जानकारी आएको बताएकी छन् । हालको देशको परिस्थितिलाई मध्यनजर गरेर एभरेस्ट महिला भलिबल लिगका बाँकी सबै खेल स्थगन गरिएका छन् । देश विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा यो खेलको औचित्य नभएकोले स्थगन गर्ने निर्णय गरेको निरुताले समाजिक सञ्जाल फेसबुकमा लेखेकी हुन् ।

यसअघि आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबारका दुई खेल स्थगित गरेको जानकारी दिएको थियो । लिगमा सोमबारसम्म ९ वटा खेल सम्पन्न भएका थिए । जेनजी युवाकाे आन्दोलनका कारण देशमा प्रतिकूल अवस्था सिर्जना भएपछि खेलहरु स्थगित गरिएका हुन् ।