Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


जेनजी प्रदर्शनमा परी मृत्यु हुनेकाे संख्या ३४ जना गुग्याे, १ हजार बढी घाइते


0
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जेनजीको प्रदर्शनमा परी हालसम्म मृत्यु हुनेकाे संख्या ३४ जना पुगेकाे जनाएकाे छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ६ , राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ र बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको हाे । त्यस्तै, हालसम्म १ हजार भन्दा बढी घाइतेहरूको उपचार भएको मन्त्रालयले जनाएकाे छ ।

देशैभरिका विभिन्न अस्पतालमा १ हजार ६१ जनाको उपचार भएकोछ । त्यसैगरी, अहिले २ सय ७४ जना घाइतेको उपचार जारी रहेको र ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गरी पठाइएको मन्त्रालयले जनाएकाे हाे । त्यसैगरी मन्त्रालयका अनुसार ७ सय १९ जना उपचारपछि घर फर्किसकेका छन्।