Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


१० ओटै विषयगत समितिका सभापति निर्विरोध


0
Shares

काठमाडौं, असोज ४ । प्रतिनिधिसभाअन्तर्गत्का १० ओटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

संघीय संसद सचिवालयले बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकेको उम्मेदवारी मनोनयनको अवधिमा १० ओटै समितिका सभापतिमा एकल उम्मेदवारी परेको हो ।

संसद सचिवालयले प्रकाशित गरेको उम्मेदवारहरुको सूचनाअनुसार अर्थ समितिको सभापतिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समितिको सभापतिमा पवित्रा निरौला र उद्योग तथा वाणिज्य समितिको सभापतिमा बिमल श्रीवास्तवको उम्मेदवारी परेको छ ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकमारी सुवेदी, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल र राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठको एकल उम्मेदवारी परेको छ ।

यस्तै, विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाहकोमात्र उम्मेदवारी परेको छ ।

१० ओटा विषयगत समितिमध्ये ९ ओटा सत्तापक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाएको छ ।

निर्वाचित भएको औपचारिक घोषणा भने शुक्रबार हुनेछ ।