
काठमाडौं । जेनजी युवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव पठाउने तयारी गरेको छ ।
उनीहरुले बुधबारकाे भर्चुअल बैठकमाआफ्नो एजेण्डा प्रधानसेनापति सिग्देलसँग प्रस्तुत गर्न पूर्वप्रधानन्यायधीश कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यद्यपि पूर्वप्रधानन्यायधीश कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै फाइनल हुने भएकाे छ । उनीहरुले पूर्वप्रधानन्यायधीश कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् ।
जेनजीहरुको आधिकारिक समूहकाे भने अझै टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्