Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


एमाले सचिव रायमाझीसहित ३३ सय कैदीबन्दी सुन्धारा कारागारबाट फरार


0
Shares

काठमाडौं । सुन्धारामा रहेकाे केन्द्रीय कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दी भागेका छन् ।

मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्वगृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् । कारागार प्रशासनले नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेकाहरू पनि बाहिरिएका जनाएकाे हाे। अहिले केही फर्किएका पनि छन् ।

सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी रहेका छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोत ४ सय ५० जना महिला कैदीबन्दी थिए । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका पूर्वगृह सचिव पाण्डेले आगजनी हुने सूचना आएपछि निस्केको भन्दै आफू फर्किन तयार रहेको कारागार प्रशासनलाई जानकारी गराएका छन् ।

शरणार्थी प्रकरणमै थुनामा रहेका एमालेका सचिव रायमाझी भने कारागार प्रशासनको सम्पर्कमा नआएकाे स्राेतले जनाएकाे हाे ।