
काठमाडौं । काठमाडौंको महानगरपालिकाको दमकल सर्वोच्च अदालतमा लागेको आगो निभाउन पुगेकाे छ।
सर्वोच्चमा मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । तर बुधबार बिहान भने बँचेखुचेको आगो निभाउन दमकल सर्वोच्चमा पुगेकाे छ । जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्चले पेशीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ।
काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एक साथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको हाे।
प्रतिक्रिया दिनुहोस्