Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


नेपाल टेलिकमद्वारा ग्राहकलाई ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा


52
Shares

काठमाडौँ । देशमा उत्पन्न विषम परिस्थितिमा सम्पर्क सहज बनाउन नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विशेष सुविधा दिने घोषणा गरेको छ।

कम्पनीले तीन दिनका लागि डाटा तथा भ्वाइस प्याकेज निःशुल्क उपलब्ध गराउने जनाएको छ। नेपाल टेलिकमका अनुसार ग्राहकहरूले निःशुल्क डाटा सुविधा लिन 141583# डायल गर्नुपर्नेछ भने भ्वाइस सुविधा लिन 141587# डायल गर्न सकिनेछ।

कम्पनीले विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको जनाएको छ।