Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


शंकर पोखरेल भन्छन्-’धैर्य गरौँ, हामी फेरी उठ्ने छौँ’


325
Shares

काठमाडौँ । नेकपा एमालेका नेता महासचिव शंकर पोखरेलले सबैलाई संयमित रहन आह्वान गरेका छन्।


बुधबार बिहानै फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरेका हुन्। पोखरेलले विश्वास व्यक्त गर्दै लेखेका छन्, “धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं।”

उनले सेयर गरेको कवितामा उल्लेख छ कि आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा पनि एउटा नायक आफ्नो साहस देखाएर उभिन सक्छ।

पोखरेलले भने, “एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ, तर मेरा मित्र, आँधी र हुरी चलिरहेको बेला, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।”