
काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ ।
मानिसहरु भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेकाेह हाे ।
“अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, “हामी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेका छौँ ।” सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ ।
अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ । “अझै मान्छे जमघट हुने काम भइरहेको छ । लुटपाटका घटनामा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्