
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।
उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।
उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो। साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्