Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


नेपाली कांग्रेस कार्यालयमा आगजनी


1.027k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् ।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका छन् । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।