Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


४ सय २२ घाइतेको कहाँ हुँदैछ उपचार ?


403
Shares

काठमाडौं ।

जेन जी प्रदर्शनमा कूल ४ सय ४ सय २२ जना घाइते भएका र उनीहरुको विभिन्न विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सरकारी र निजी गरी १४ अस्पतालमा ४ सय २२ जना घाइतेहरूको उपचार भइरहेको छ । सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय ७० जना घाइतेहरूको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ । वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको जनाइएको छ । एभरेष्ट अस्पतालमा १ सय ३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ ।

पाटन अस्पतालमा ६ जना र काठमाडौँ मेडिकल कलेजमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै, त्रिवि शिक्षण अस्पतालमा १८ जनाको, नर्भिक अस्पतालमा ३ जना र अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको जनाइएको छ ।

यसैगरी, कास्कीको गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ ।

झापाको दमक अस्पतालमा ७ जना, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।