Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर ‘ई’का भाइको मृत्यु


18.2k
Shares

काठमाडौं । नयाँ बानेश्वरमा सोमबार भएको जेन-जी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर २६ वर्षीय ईश्वत बहादुर अधिकारीको मृत्यु भएको छ। मृतक सामाजिक अभियन्ता ‘ई’ (ईशान अधिकारी) का भाई हुन्।

ईश्वत जेन-जी आन्दोलनमा सक्रिय थिए। उनको नाम राष्ट्रिय ट्रमा सेन्टरले सार्वजनिक गरेको मृतक विवरणमा उल्लेख छ। ‘ई’ सामाजिक अभियानका लागि चर्चित नाम हुन्, जसले विगतमायो ‘मेरो संविधान होइन’ भन्दै प्रतीकात्मक विरोध, ‘इनफ इज इनफ’ अनशन लगायत विभिन्न अभियान चलाएका थिए।

प्रदर्शनपूर्व ‘ई’ले सामाजिक सञ्जालमा सरकारलाई चेतावनी दिएका थिए कि आन्दोलन दमन गर्ने प्रयास नेपाली राजनीतिक इतिहासकै ठूलो भूल हुनेछ।