काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौं फर्किएकाे छ ।
माओवादी केन्द्रले यसअघि स्थगित भएको जागरण अभियान यहि भदौ २१ गतेदेखि शुरु गरेको हाे । उपाध्यक्ष पम्फा भुसालले देशको स्थिति असामान्य भएका कारण अभियान स्थगित गरिएको बताउनुभयाे । उहाँले पार्टीको मंगलबार बिहान ९ बजे पदाधिकारीकाे बैठक बोलाइएको बताउनुभएकाे छ ।
गोरखाको जागरण अभियान स्थगित गरेर अहिले काठमाडौं फर्किएकाे उहाँकाे भनाइ छ । जेनजी पुस्ताले सोमबार काठमाडौं उपत्यकासहित देशैभरी गरिएको प्रदर्शनमा १५ जनाकाे मृत्यु भएकाे हाे । १ सय ५६ जना भन्दा बढी घाइते भएका छन्





प्रतिक्रिया दिनुहोस्