Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


आज यी प्रदेशमा भारी वर्षा हुने


0
Shares

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । भारी वर्षा भने एकाध ठाउँमा मात्रै हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली हुनेछ । देशको पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भू-भागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराइ भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।