
काठमाडाैं । हप्ताको पहिलाे कारोबार आइतबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
दिनभरी उतार चढावकाबीच ११ दशमलव ५२ अंक घट्दै बजार परिसूचक नेप्से २७ सय ८ को विन्दुमा झरेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्य वित्त, उत्पादन तथा निर्माण र म्युचुअल फण्ड उपसमूह सामान्य बढेका छन् । अरु १० वटा उपसमूहको परिसूचक घटेको हाे। १ सय ७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको मूल्य भने बढेको छ ।
भर्खर आइपीओ सूचीकृत भएको हिमस्टार हाइड्रो कम्पनीको शेयर मूल्यमा आज पनि सर्किट लाग्दा पञ्चकन्यामाइ हाइड्रोको शेयर मूल्य सर्वाधिक ४ दशमलव ६२ प्रतिशतले गुमाएका हुन् । दिनभरीमा ३ सय ३४ वटा स्टकको १ करोड ११ लाख २४ हजार कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएकाे छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोको सबै भन्दा बढी २९ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्