२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


स्रष्टाको दलीय आवद्धताकाे बारेमा नकारात्मक टिप्पणी नगराैं: महामन्त्री थापा(भिडियाेसहित)


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो । महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्न सक्ने भने त्यसले समाजमा अझ धेरै बढी योगदान दिन सक्ने स्पष्ट पार्नुभयो ।

राजनीतिक दलमा आवद्ध हुने कुराले अझ बढी समाजप्रति दायित्ववोध हुने भएकाले पनि त्यसको आवद्धताको विषयलाई गलत ढंगले व्याख्या गर्न नहुने उहाँको भनाइ छ । महामन्त्री थापाले राजनीतिक दलमा आवद्ध भएका स्रष्टाहरुले अझ बढी समाजलाई सही बाटोमा अघि बढाउन प्रेरित गर्न सक्ने निष्कर्ष समेत सुनाउनुभयो ।

महामन्त्री थापाले लम्सालले साहित्य सृजनाको माध्यामबाट समाज परिवर्तनको दिशामा महत्वपूर्ण योगदान पुर्याउनुभएको पनि बताउनुभएकाे छ ।