Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


विरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने


273
Shares

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि चौंथो पटक जिब्रो छेड्ने भएका छन्।

येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा अन्तर्गत हुन लागेको यस विशेष संस्कारमा उनले प्रचण्ड भैरव अघिल्तिरको डबलीमा करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडाउने छन्। श्रेष्ठले २०७४ सालमा पहिलोपटक यो परम्परा पुनः सुरु गर्दै जिब्रो छेडेका थिए। यस वर्ष जिब्रो छेडेर भ्ये (महादीप) काँधमा बोकेर खाली खुट्टा भक्तपुर नगरका प्रमुख मन्दिरहरु नवदुर्गा र दत्तात्रयसम्मको परिक्रमा गर्ने छन्।

करिब १० किलोमिटर लामो यात्रामा सयौं मानिसहरु, धिमे बाजा र युवाहरुको सहभागिता रहनेछ। यस परिक्रमा मार्गमा थिमिको विभिन्न टोलहरुदेखि भक्तपुर दरबार स्क्वायर हुँदै पुनः बालकुमारी मन्दिरसम्मको यात्रा समेटिएको छ।

जात्राको तयारी अन्तर्गत सुइरो निर्माणदेखि देवता आह्वान कार्यक्रम पनि सम्पन्न भइसकेको छ। जात्राको साँझ भैरव मन्दिरमा विधिपूर्वक जिब्रो छेडेर परिक्रमा प्रारम्भ गरिनेछ।

किम्बदन्तीअनुसार प्राचीन कालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रममा गराइएको र त्यसपछि भूत, प्रेत, पिचास भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर यात्रा गर्दै अन्तिममा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।