
काठमाडौं । बुधबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला दुई हजार बढेको हो ।
चाँदीको मूल्य प्रतितोला पाँचले घटेर दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्