१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


निष्पक्ष-पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने सभापति न्यौपानेको प्रतिवद्धता


208
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखी कार्यशैली अवलम्वन गर्ने बताउनुभएको छ ।

सोही समितिको सिंहदरबारमा मंगलबार बसेको बैठकमा बोल्दै उहाँले समितिलाई सबै सांसदहरुको मत लिएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफूबाट काम गर्ने क्रममा गल्ती भए सच्याउनका लागि तत्काल सुुझाव दिन पनि सबै सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

विधेयक निर्माण, सुशासन र जनताको पक्षमा काम गर्न आफू एककदम पनि पछाडि नहटने सभापति न्यौपानेको भनाइ थियो । उहाँले हरेक सांसदका कुरालाई सुनेर आफू अघि बढन चाहेको समेत बताउनुभएको छ ।

सभापति न्यौपानेले आफूले काम गर्ने क्रममा सांसदहरुमाथि विभेद गर्ने कुनै मनशाय नराख्ने पनि बताउनुभयो ।