१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


गोंगबुको एक घरमा प्रहरीकाे छापा, ४ करोड अवैध रकम बरामद


5.356k
Shares

काठमाडाैं । प्रहरीले मंगलबार काठमाडौंको गोंगबुमा रहेको एक घरमा छापा मारेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठूलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।

छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद गरिएको उपत्यका प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।