१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


राष्ट्रियसभाको बैठक बस्दै


273
Shares

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यसअघि सोमबार पनि सो प्रतिवेदन पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले प्रस्तुत हुन सकेको थिएन ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।