१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


य:सिंलाई हनुमानढोका पुर्‍याइयो (भिडियाेसहित)


598
Shares

येँयाःको लागि हनुमानढोका अगाडि ठड्याइने यःसिंलाई आज नगर प्रवेश गराएको छ ।

नेपाल संवत् पात्रो अनुसार ञंलाथ्वः अष्टमी अर्थात् कायाःअष्टमीको दिन भोटाहिटी क्षेत्रबाट हनुमानढोकासम्म यःसिं तानेर लाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार र त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई इन्द्रजात्रासँग सम्बन्धित विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्नको लागि शुभसाइत उल्लेख भएको पत्र उपलब्ध गराउने परम्परा छ ।

सोही बमोजिम गुठी संस्थानले बोधार्थ पत्र लेखेको अनुसार केन्द्रीय मानन्धर संघको नेतृत्वमा यःसिंलाई तानेर हनुमानढोका पु¥याउनुपर्ने परम्परा छ । यसैबीच, आज बिहान ९ः५२ बजेको शुभसाइतमा यःसिंलाई नगर प्रवेश गराइएको छ । यःसिं तान्ने काममा हनुमानढोका दरबारको नेपाली सेना अन्तर्गत श्रीशार्दूल जंग गुल्मको गुरुजुको पल्टनले सहकार्य गरेको छ । त्यस्तै, संघको संस्थागत सदस्य रहेको धालसिक्वः मानन्धर सनाःगू खलःले पूजा गरेपछि यःसिं तान्न सुरु गरेको थियो ।

यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलमा गएको भाद्र ९ गते सोमबार राती ९ः०३ मिनेटको शुभ साइतमा रूख काटिएको थियो । रुखलाई पूजा सम्पन्न गरेपछि गुरुजुको पल्टनले सम्मान गारत स्वरुप तीन पटकसम्म तोप बढाइँ दिएको थियो । इन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा, भारतको सिक्किम, अमेरिका र बेलायतमा पनि मनाउँछन् ।

सहकालको देवता भगवान इन्द्रको पूजा गरेर इन्द्रजात्रा मनाइन्छ । इन्द्रजात्रालाई येँयाः पुन्हि, यल पुन्हि, यलचा पुन्हि आदि नामले सम्बोधन गर्ने चलन छ । प्रत्येक वर्ष ञंलाथ्वः द्वादशीको दिन हनुमानढोका पु¥याइएको यःसिंलाई ठड्याइन्छ । त्यसको आठ दिन पश्चात् चौथी तिथिमा ढालिन्छ । यःसिं ठड्याइएको अवधि अर्थात् आठ दिनसम्मको इन्द्रजात्रामा विभिन्न मौलिक नाचहरु प्रस्तुत गरिन्छ । यो वर्ष भाद्र १९ गते यःसि ठड्याउने र २१ गते कुमारी जात्रा अर्थात् क्वहनेयाः हुनेभएको छ ।