Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन


1.7k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएकाे हाे ।

एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काका अनुसार पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि दोस्रोपटक मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो।

स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि मात्रै उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। चिकित्सकहरूका अनुसार पुनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो। रुकुम पूर्वको तकसेरा निवासी पुन एमालेबाट समानुपातिक प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य बनेकी थिइन्। उनी अर्थ, पर्यटन तथा विकास समितिको सदस्यसमेत थिइन्।