Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य


325
Shares

काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य आज किलोमा ४६ रुपैयाँसम्म घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा १६, रातो आलु ५१, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, स्थानीय काउली ८५, लाम्चो भन्टा ३१, डल्ले भन्टा ४१, तने बोडी ७७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ७४, लौका ५३, तराईको परबल ५०, घिरौँला ६५, झिँगुनी ४६, डल्ले फर्सी ५५, पाकेको फर्सी ५१, भिन्डी ४४, कन्य च्याउ १४५, डल्ले च्याउ ३३०, ब्रोकाउली २७८ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा १९, रातो आलु ५१, लोकल गाँजर ११६, स्थानीय काउली ९६, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ६० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ७०, लौका ५१, तराईको परबल ४५, घिरौँला ६५, झिँगुनी ४५, डल्ले फर्सी ५५, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३७६, ब्रोकाउली २७६ रुपैयाँ प्रतिकिलो थियो।