१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा


1.911k
Shares

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने सरकारलाई चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण बिहीबारबाट सकिएको छ । निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने माग राखेर आन्दोलन गरेको जनाएको हो ।