११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


राज्य व्यवस्था समितिकी नवनिर्वाचित सभापति न्यौपानेले सपथ लिइन्


845
Shares

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

सोही समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद न्यौपाने सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठक सञ्चालन गर्नुभएका समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लले समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

समितिकी नवनिर्वाचित सभापति न्यौपानेलाई सभामुख देवराज घिमिरेले बुधबारै सपथ समेत गराउनु भएको छ । संसदीय सुनुवाई समिति सभापतिबाट मंगलबार राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ थिए ।

यसअघि कुलिङ पिरियड विवाद भएपछि गत साउनमा खतिवडाले सभापति पदबाट राजीनामा दिनुभएको थियो ।