११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


शेयर बजार ५३ अंकले बढ्यो, ७ अर्ब ६८ करोड बढीको कारोबार


234
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५३ अंकले बढेको छ ।

बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको हो । नेप्से १ दशमलव ९१ प्रतिशतले बढेर २ हजार ८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको हो। बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २ सय ३२ वटा कम्पनीको शेयर मूल्य बढेको हो । १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५ सय २८ पटक शेयर किनबेच भएको छ ।

१३ वटा समूहमध्ये सबै समूह बढेको हो । सबै भन्दा बढी विकास बैंक समूह बढेको नेप्सेले जनाएको हो।