Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै


702
Shares

काठमाडाैं ।

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो खेल आज (बुधबार) बंगलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा छ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौं अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सी शुक्रवार भारतसँग र आउँदो आइतवार भूटानसँग खेल्ने छ ।

नेपाली टोली:
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल ।

Skip This