
काठमाडौं। गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो । उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।
उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्