Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


2.2k
Shares

काठमाडौं ।

नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँ कारोबार भएको थियो ।