
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिनुभयो ।
सांसद सापकोटाले वडा अध्यक्षका उम्मेदवारले मात्रै डेढ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको समेत उल्लेख गनुृभयो । खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउनसक्ने उहाँको भनाइ छ । सबै राजनीतिक दलहरु सजक हुन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
सासस सापकोटाले निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिनुभयो । वित्तीय क्षेत्रमा समेत असमानता देखिन थालेको उहाँको भनाइ छ ।
उहाँले संविधान संशोधनमार्फत स्थायित्व कायम गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्