
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एशियाका अधिकांश देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताउनुभयो । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ ।
निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउन सक्ने भन्दै सबै चनाखो हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो । उहाँले आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताउनुभएको छ ।
महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनोट गर्ने कुरा जुन ठाउँमा निर्वाचन हुने त्यहींका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताउनुभयो । मतदाता शिक्षा नागरिक माझ विस्तार गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्