८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


बसपार्ककाे एक होटलमा पुरुष मृत फेला


442
Shares

काठमाडाैं ।

पाँचथरको हिलिहाङ‍-३ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् ।

३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार शेर्पा अघिल्लो दिन साँझ इलाम बजारको सो होटलमा बास बस्न पुगेका थिए ।

शेर्पाको शव इलाम अस्पतालमा पोस्टमार्टमका लागि पठाउनुका साथै आफन्तलाई झिकाएर कानुनी प्रक्रिया अगाडि बढाएको पनि प्रहरीले जनाएको छ ।