
काठमाडौं ।
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक आज बस्दैछ ।
समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,२०८१’ सम्बन्धमा दफावार छलफल हुनेछ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।
विधेयकमा जैविक वा निर्जिव वस्तु प्रमाण, कुनैलिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाईवैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गर्नकानिम्ति राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य रअधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था,कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण,डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । ती प्रस्तावित व्यवस्थामाथि समितिमाआज दफाबार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्